देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धोनीपछि रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

0

एजेन्सी – भारतीय क्रिकेट टोलीका बायाँ हाते ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

पूर्वकप्तान महेन्द्र सिहं धोनीले सन्यासको घोषणा गरेको केही समयपछि नै ३३ वर्षीय रैनाले ले पनि सन्यासको घोषणा गरेको भारतीय सञ्‍चार माध्यमहरुले जनाएका छन् ।

रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् । उनले सबै समर्थकलाई पनि धन्यवाद पनि दिएका छन् ।

रैनाले सन् २००५ मा श्रीलंक विरुद्धको खेलमा एकदिवसीय खेलबाट करिअरको सुरुवात गरेका थिए । उनी त्यसबेला १९ वर्षका थिए ।

रैनाले भारतबाट अन्तिम पटक २०१८ जुलाईमा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । रैनाले भारतीय टोलीबाट १८ टेष्ट, २ सय २६ ओडिआई र ७८ ट्वान्टी-२० आई खेलेका छन् ।

रैनाले टेष्टमा श्रीलंकाविरुद्ध सन् २०१० टेष्टमा डेब्यु गरेका थिए । ओडिआईमा रैनाले सन् २००५ मा श्रीलंकाविरुद्ध नै डेब्यु गरेका थिए । सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध रैनाले ट्वान्टी-२० आईमा डेब्यु गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार