देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ध्यान, संगीतिक प्रस्तुति, नृत्य सहित वैशाख १ गते टुंडिखेलमा विशेष उत्सव हुने

0

काठमाडौं – नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने भएको छ ।

ध्यान, संगीतिक प्रस्तुति, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।

‘ध्यान र नृत्यको उत्सवमा रमाएर न्यु इअर सेलिब्रेसन गर्नु यहाँले अहिलेसम्म गरेर आउनु भएको सेलिब्रेसन भन्दा भिन्दै हुनेछ,’ स्वामी आनन्द अरुणले भन्नुभएको छ, ‘आउनुहोस् आफ्नो जीवनमा ध्यानको सुरुवात सहित यो नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गरौं ।’

कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान गराउनेछन् भने विश्वप्रसिद्ध निर्गुण कबीरवाणी गायक पद्मश्री विभुषित श्री प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रममा नेपाली लोक सुप्रासिद्ध ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति सहित हाँस्य कलाकार स्ट्यान्डप कमेडियन मनोज गजुरेलले आफ्नो प्रस्तुति दिने छन् । यसका साथै गजल प्रस्तोता प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक रोशन शर्माको पनि प्रस्तुति रहने जनाइएको छ ।

प्रवेश शुल्क रु ९९९ बुझाएपछी प्रबेश पाइने उक्त कार्यक्रम सुरुवात ४ बजेबाट हुने जनाइएको छ । सहभागीहरुको लागी बेलुका हल्का खानको साथै ध्यान गर्दा लगाइने (गाउन)को व्यवस्था समेत मिलाइएको आयोजक संस्थाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार