देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नक्कलि महको कारोबार गर्ने नेकपा एसका नेता श्रेष्ठ पक्राउ

0

काठमाडौं – काठमाडौ उपत्यकाको बिभिन्न स्थानहरूमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री बितरण गरिरहेको आरोपमा बिहिबार एक व्यक्ति पक्राउ परेका  छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ६ स्थायी घर भएका नरबहादुर श्रेष्ठ नक्कली मह बनाउने क्रममा कच्चा पदार्थसहित पक्राउ परेका हुन् ।

नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष समेत रहेका श्रेष्ठले आफू र श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ कम्पनी सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ । उनले स्पर्श हनी नामको लेबल टाँसेर बिक्री वितरण गर्ने गरेको र सो ब्रान्ड दर्ता समेत नभएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको महाशाखाका प्रवक्ता कृष्ण पँगेनीले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा प्रहरीले माघ ६ गते काठमाडौँ महानगरपालिका २७ ज्याठाबाट नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरू र गुणस्तरहीन ९७६०० के।जी। ०  तयारी तथा कच्चा मह समेत बरामद गरेको हो ।

श्रेष्ठले विगत ७ वर्ष अगाडिदेखि नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्श हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेर  गुणस्तरहीन मह काठमाडौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टहरूमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेका प्रहरीले जनाएको छ ।

प्रहरिका अनुसार दाङ, नवलपरासी र चितवनबाट कच्चा सामग्री खरिद गुणस्तरहीन मह बनाई प्रति केजी ६५० मा बिक्री बितरण गर्दै आएका थिए ।

उद्योगमा छापा हान्नु अघि प्रहरीले त्यहाँबाट उत्पादित मह परीक्षण गराएको थियो । परीक्षणका क्रममा अखाद्य भएको पुष्टि भएको थियो ।

अपराध महाशाखा प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका श्रेष्ठलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा दर्ता गराउ महानगरीय प्रहरी परिसर टेकुलाई सिफारिस गरिएको जानकारी दिए । उनले भने,‘ नक्कली मह बन्दै छ भन्ने हामीलाई १५ दिन अघि सूचना आएको थियो । सूचना पछ्याउदै जाँदा उक्त ठाउ भेट्यौं । अनि परीक्षणका लागि गुणस्तर विभागमा पठायौं । सरकारको मापदण्ड अनुसार छैन भन्ने पुष्टि भएपछि निर्माण गर्ने ठाउँमा पुगेर नियन्त्रणमा लियौं ।’

पक्राउ परेका श्रेष्ठले काठमाडौंमा यस्तो नक्कली मह उत्पादन गरे झन्डै दुईदर्जन कारखाना रहेका प्रहरी समक्ष बताएका छन् । आफू पक्राउ परेपछि उनले ५/६ सय रुपैंयामा शुद्ध मह बेच्न नसकिने प्रहरीकै अघि भनेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार