देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नक्कली भ्याट बिल बनाउने ५ जनाविरुद्ध मुद्दा दायर

0

काठमाडौँ – नक्कली भ्याट बिल बनाएर राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले १२ करोड २० लाख माग दाबीसहित सोमबार उच्च अदालत पाटनमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले बाराको करैया गाउँपालिका ७ मा संचालित यादव बिजनेस ट्रेड लिंकका सञ्चालक सोनालाल प्रसाद यादवसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागका अनुसार नक्कली भ्याट बिल बनाउनेहरूमा जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ र सोनालाल प्रसाद यादव रहेका छन् ।

उनीहरूविरूद्ध १२ करोड २० लाख ६१ हजार २ सय ३३ रुपैयाँ बिगो तथा सजाय माग दावीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार