देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय

0

काठमाडौं – काठमाडौं महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ ।

महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।

मेयर बालेन्द्र साहले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो । त्यस्तै बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

यस्तै साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सम्पन्न गर्न दुईवटा भौतिक पूर्वााधार एम्बुलेन्स सञ्चालन गर्न राखेका प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ।

यस्तै बैठकले निजी रेष्टुरेन्टहरूमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउनेसमेत निर्णय गरेको छ। त्यस्ता रेष्टुरेन्टमा महानगरले संकेत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार