देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

….नत्र हामी युवा मिलेर प्यानल घोषणा गर्छौ – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व संस्थापनलाई तत्काल सहमतिमा पदाधिकारीसहितको प्यानल घोषणा गर्न आग्रह गरेका छन्।

नेता शेखर कोइरालाले सम्पादकहरूसँग गरेको छलफलमा नेता थापाले अब दुई दिनमात्रै बाँकी रहेको भन्दै तत्काल सहमतिमा सभापतिसहितका पदाधिकारीका उम्मेदवार टुंग्याउन आग्रह गरेका हुन्।

सम्पादकहरूसँगको छलफलमा थापाले भने, ‘त्यसैले नेतृत्वले आजको छलफल बाट एउटै नेतृत्व बनाओस् । अब दुई दिनको मात्रै समय छ। नत्र हामी युवा मिलेर को सभापति हुने हो भन्ने निर्णय गर्छौ र प्यानल घोषणा गर्छौ । को को केमा उठ्ने भन्ने निर्णय गर्छौ । यो कामको तयारी पनि सँगै भैरहेको छ ।’

छलफलमै रहेका चन्द्र भण्डारीले गगनको कुरामा सहमत जनाउँदै २ जनामा नाममा सहमति जुटिसकेको बताएका थिए। अर्का केन्द्रीय सदस्य धनराज गुरुङले पनि तत्काल सहमति नभए आफूहरूले पदाधिकारीसहितको प्यानल घोषणा गर्ने बताए।

कांग्रेसमा पूर्व संस्थापनबाट रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका मुख्य दाबेदार छन् ।

अर्कोतिर सभापतिका लागि शेरबहादुर देउवा उठ्दैछन् । तर, उनीविरुद्ध उठने पौडेल पक्षको सर्वमान्य नेता कोही छैन। यसैले पौडेल पक्ष दबाबमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार