देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ननरेसिडेन्ट तदर्थ समिती को उपाध्यक्ष मा दया शाक्य चयन

0

काठमाण्डौ – नन रेसिडेन्ट नेपाली एसोसिएसन (एनआरएनए) अन्तर्राष्ट्रिय तदर्थ समिति गठन भएको छ । वरिष्ठ उपाध्यक्षमा दया शाक्य चयन छन। शाक्य नेपाली हरुमाझ निकै लोकप्रिय छन। यसरी नि महासचिवमा नवराज सुवेदी चयन भएका छन। दोलखा घर भएका उनले अमेरिका बसेर नेपालमा बिपत्तिको बेला धेरै सहयोग गर्दै आएका छन।

तेस्तै माधव मरासिनीको अध्यक्षतामा गठन अन्तर्राष्ट्रिय तदर्थ समितिमा दया शाक्य वरिष्ठ उपाध्यक्ष हुँदा रामहरी खड्काले उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।

एनआरएनको निर्धारित मितिमा चुनाव गर्न नसकेर संस्थानै बदनाम भैरहेको समयमा पुनः गैर आवासीय नेपालीहरूलाई समेट्दै चलायमान, पारदर्शी र प्रजातान्त्रिक विधिबाट संस्थालाई अगाडि बढाउने उदेश्य सहित नयाँ अन्तर्राष्ट्रिय समितिको गठन गरिएको अध्यक्ष मरासिनीको भनाइ छ ।

एनआरएनको वर्तमान नेतृत्व दिशाहीन र आफ्नो व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने थलो मात्रै बनाइएको भन्दै केही सिमित व्यक्तिको राजनीतिक र अन्य स्वार्थ मात्रै पूरा गर्ने थलो बन्दै धनीहरूको क्लब जस्तो हुँदा सबै गैर आवासीय नेपालीले संस्था बन्न नसकेको नयाँ अन्तर्राष्ट्रिय समितिको गठन गर्नुपरेको संस्थाका उपाध्यक्ष खड्काको भनाइ छ ।

अमेरिकामा रहेर गैर आवासीय नेपालीहरू माझ आफ्नो विशेष पहिचान बनाएका उपाध्यक्ष खड्का लोकप्रिय, समाजसेवी एवं कुशल संगठकको रूपमा परिचीत छन् । एनआरएनएको उपाध्यक्ष रहेका खड्का उत्तर अमेरिकी क्षेत्रको संयोजक समेत छन् । विषम एवं ऐतिहासिक घडीमा संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै संस्थाको गरिमा, विधी र प्रजातान्त्रिक मुल्य, मान्यतामा कुनै सम्झौता नगर्ने खड्काको प्रतिबद्धता छ ।

अहिलेको वर्तमान कार्यसमितिलाई संस्थाको विधान अनुसार चलाउन आग्रह गर्दा नेतृत्वले सुधार गर्नुको सट्टा झन् गुटबन्दी गर्ने, निशेध गर्ने र सामाजिक सञ्जालबाट चरीत्र हत्या गर्ने लगायतका क्रियाकलाप हुन थालेपछि नयाँ संस्थाको अवधारणा बनाउनुपरेको नयाँ कार्यसमितिले जनाएको छ ।

नव-गठित नन रेसिडेन्ट नेपाली एसोसिएसन अन्तर्राष्ट्रिय तदर्थ समितिमा सबै देशका प्रतिनिधिहरू समावेश हुने क्रम जारी रहेको, विधान निर्माणदेखि अन्य संस्थागत कामहरू अगाडि बढिरहेको जानकारी दिंदै अध्यक्ष मरासिनीले नयाँ अभियानमा जोडिन सबैलाई आग्रह समेत गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार