देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त

0
<p>फाइल</p>

फाइल

काठमाण्डौं – नबिल बैंकले सञ्चालक समितिको अध्यक्षमा बैंकर तथा समाज सेवी उपेन्द्र पौड्याललाईनियुक्त गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालको चार वर्षे कार्यकाल यही असोज १७ गते सकिएपछि उपेन्द्र  पौड्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका अनुसार सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको छ ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका उपेन्द्र पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका पौड्याल यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

अध्यक्ष पौडेल सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यहा“ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष सेवा गरको थिए ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्ष सम्म पुर्याएको छ । बैंकले उहाँको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार