देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

0

काठमाडौँ – मिस नेपाल २०२०को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन । शनिबार काठमाण्डौंको बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वर्ल्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ रु भनेर सोधिएको थियो । त्यसको जवाफमा नम्रताले नेपाली महिला सकारात्मक सोचको हुने र त्यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।

नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार