देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नयाँ खिम्ती सबस्टेशनको उद्घाटन गर्न मन्थली जाँदै प्रधानमन्त्री

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको नयाँ खिम्ती सबस्टेशनको उद्घाटन गर्ने भएका छन् ।

केही दिनदेखि सञ्चालनमा आएको यो सबस्टेशनको प्रधानमन्त्री देउवाले मन्थली नगरपालिका देविटारमा शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

२२०/१३२ केभी क्षमताको सबस्टेशनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत् जोडिएको छ । यस्तै खिम्ती जलविद्युत् आयोजनाको ६० मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाको ५२ मेगावाट र लिखु ‘ए’ जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत् यही सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् ।

१३२ केभी प्रसारण लाइनबाट काठमाण्डौतर्फ र २२० केभी प्रसारण लाइनबाट ढल्केबरतर्फ विद्युत् प्रसारण हुने गरेको छ । नयाँ खिम्ती सबस्टेशन विद्युत् क्षमताका हिसाबले देशकै दोश्रो ठूलो हो ।

लिखु, खिम्ती र तामाकोसीमा निर्माणाधीन अरु जलविद्युत् आयोजनाको बिजुली समेत यही सबस्टेशनमा जोड्ने तयारी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार