देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नयाँ घर सर्दै प्रचण्ड,जुन घरमा बस्यो त्यहीँ विवाद

0

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सर्ने भएका छन् । प्रचण्डले एक टेलिभिजन लाई दिएको अन्तर्वार्तामा आफू घरको खोजीमा लागेको र छिट्टै नयाँ घरमा सर्ने स्पष्ट पारेका हुन् ।

अहिलेका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीसँग आफ्नो नाम पटक पटक जोडेर विवादमा तान्ने काम गरिएको भन्दै उनले आफू घर सर्ने टुंगोमा पुगेको बताएका हुन् । अहिलेका घरबेटील कहाँ ठेक्का लिन्छन् ? के गर्छन् ? भन्ने कुरा आफूलाई केही पनि थाहा नहुने भएपनि आफ्नो पनि नाम जोडिनुले आफुलाई दुख लागेको दाहालको भनाइ छ ।

दाहाल खुमलटारमा बस्नुअघि लाजिम्पाटमा बस्दै आएका थिए । उक्त घरलाई लिएरपनि दाहाल विवादमा आएका थिए । लाजिम्पाटको घर अजेयराज सुमार्गीको आफन्तको घर थियो । दाहालको नाम सुमार्गीसँगपनि जोडिँदै आएको छ । दाहाल जुन घरमा भाडामा बस्छन् त्यो विवादमा आउँदा दाहाल फेरि घर सर्न बाध्य भएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार