देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नयाँ भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन

0

(काठमाडौं) – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन निर्देशन दिएको हो । मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।

यस्तै, विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ । सरकारले अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन नपाइने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको पनि मन्त्रालयले जनाएको छ । सरकारले निजी विद्यालयहरुलाई चैत महिनाको आवासीय शुल्क बाहेक अन्य शुल्क नलिने आग्रह गरेको थियो । शुल्क छुट बारेको जानकारी विद्यालयहरुले सम्बन्धित स्थानीय तहमा दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार