देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नयाँ शैक्षिक सत्र वैशाखदेखि

0

काठमाडौँ – विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैत/वैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै विशेष निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ ।

“आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिइनुपर्छ । त्यसो भएमा बाँकी कोर्स पनि पूरा हुनेछ” शर्माले भने, “आगामी वैशाखको पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र थाल्नुपर्छ ।”

विद्यालयहरूले औसतमा ५० देखि ६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइनमाध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेष गरी सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार