देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नरेन्द्र मोदीले लिए शपथ

0

काठमाडौं – भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् ।

लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । गत मंगलबार चुनावी परिणाम घोषणा भएपछी उनलाई गत शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित दक्षिण एसिया विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू पुगेका छन् । मौरिससका राष्ट्रपति पनि शपथ समारोहमा उपस्थित छन् ।

मोदीले आफ्नो मन्त्रिपरिषद्का महत्त्वपूर्ण मन्त्रालयहरूमा पुरानै मन्त्रीहरूलाई दोहोर्‍याएका छन् ।मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन्।

मोदीले शपथ लिएपछि यसअघिको मन्त्रीमण्डलमा रक्षा मन्त्री रहेका  राजनाथ सिंहले शपथ लिए । यसैगरी पहिले गृहमन्त्री रहेका अमित शाह तेस्रो नम्बरमा  शपथ लिएका छन्। राजनाथ सिंह, अमित शाह, नीतिन गडकारी, जेपी नड्डा, शिवराजसिंह चौहान, निर्मला सितारमण, एस. जयशंकर, पीयूष गोयल लगायत मन्त्री बनेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार