देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नवनियुक्त सभामुखले नेकपाको सबै जिम्मेवारीबाट दिए राजीनामा

0

मध्यबिन्दु/काठमाडौं — नवनियुक्त सभामुख अग्नि सापकोटाले नेकपाको सम्पूर्ण जिम्मेबारीबाट राजीनामा दिएका छन् । सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यता समेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको सभामुखको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्नका लागि उनले पार्टीको जिम्मेवारी त्यागेका हुन् ।

‘संघीय संसदको प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेबारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको ब्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि अलग रहेको जानकारी गराउँदछु,’ सापकोटाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सापकोटाले आजै मात्र पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार