देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नवलपरासीका वन अधिकृत घूस सहित पक्राउ

0

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासीका वन अधिकिृतलाई घूस रकम सहित पक्राउ गरेको छ ।

सुस्तापूर्वमा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई बिहीबार घूस लिएको आरोपमा नियन्त्रणमा लिएको हो ।

आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाए बापत सेवाग्राहीसँग दुई लाख घूस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई घूस रकम सहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार