देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नवलपरासीको छिपछिपे सहकारीका अध्यक्षसहित थप तीन जना पक्राउ

0

काठमाडौं – पूर्व नवलपरासीको कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था संचालक समिति अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

बचतकर्ताको रकम हिनामिना भएको अभियोगमा पक्राउ पर्नेमा सहकारीका वर्तमान अध्यक्ष गोपी शर्मा भुसाल, शिवलाल लामिछाने र नगेन्द्रबाबु रिमाल रहेका छन् । सहकारीका पूर्वअध्यक्ष तथा व्यवस्थापक योगेन्द्र पाण्डे तीनदिन अघि पक्राउ परिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लामिछानेलाई शनिबार बाँकेबाट र रिमाललाई आइतबार बदिर्याबाट पक्राउ गरिएको हो । रिमाल चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । हाल यो सहकारी बन्द छ ।

छिपछिपे सहकारीका वर्तमान अध्यक्ष शर्मालाई प्रहरी हाजिरी जमानीमा छाडेको छ । अध्यक्ष शर्मा एमाले निकट युवा संघका पूर्व जिल्ला अध्यक्ष हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार