देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नवौंको मिति परिषद्को बोर्ड बैठकबाट तय हुने

0

काठमाडौं – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (वबश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषद राखेपको आगामी बोर्ड बैठकमा तय गरिने बताएका छन् ।

राखेपले अन्तर्राष्ट्रिय खेल परिसर ललितपुरको सातदोबाटोमा आयोजनामा गरेको अन्तक्रिया कार्यक्रममा उनले राखेपको आगामी बोर्ड बैठकमा प्रतियोगिताको मिति तय गरिने बताएका हुन् । उनले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने भएकाले कोभिडको प्रभाब र असरलाई ध्यानमा राखेर मिति तय गर्न सुझाव दिए ।

उनले भने, ‘१३ औं साग सम्पन्न पश्चात १ वर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिवेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट बिचल्लित हुने थिएनौं । यद्यपि, भब्यताको कुनै कमि नरहने गरी नवौं राष्ट्रिय खेलकुद हुन्छ,त्यसका लागि आगमी राखेपको बैढकले उपयुक्त मिति तय गर्ने छ ।’

अन्तरक्रियामा नवौं राष्ट्रिय खेलकुद–२०७७ आयोजना तथा संचालन सम्बन्धी विषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुरु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो ।

कार्यक्रममा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताए । उनले भने, ‘ओलम्पिकमा समावेश हुने खेल लगायत अन्य खेलहरुको पनि प्रशिक्षण सुरु भएको छ, कोभिडको केन्द्र खेलकुद नवनोस् त्यो कुरामा हामी सचेत छौं ।’

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संसद जीवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने बताए । नेपाल कबड्ी संघकी अध्यक्ष संसद तुलसा थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, बागमती प्रदेशका सदस्य–सचिव सुर्य भण्डारी लगायत विभिन्न संघका अध्यक्ष तथा महासचिवले अन्तरक्रिया कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा राखेपका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार