देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नव गठित जनता समाजवादी पार्टीद्वारा सभामुखलाई एकीकरणको जानकारी

0

(काठमाडौँ) –  समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी गठन गरिएको उक्त दलका नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी दिएका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नेताहरू सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर सो जानकारी गराएका हुन ।

सभामुखलाई पार्टी एकताको जानकारी दिनका लागि नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायत सिंहदरबार पुगेका थिए। संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगिलाई पत्र बुझाएर नेता राजेन्द्र महतोले दल एकताको जानकारी गराएका हुन ।

संघीय संसद प्रतिनिधिसभामा राजपा र समाजवादीका १७-१७ जना सांसद छन् । दल एकता पश्चात् संसद भवनमा एकै स्थानमा बस्ने ब्यबस्था मिलाउने बाटो अब खुलेको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार