देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नाइजेरियामा ३० जनाको विभत्स हत्या

0

रासस – हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार मोटरसाईकलमा आएका दर्जनौं बन्दुकधारीले गाउँलेहरुलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीहरुले स्थानीय बासिन्दालाई घर घरमै आक्रमण गर्नुका साथै उनीहरुको घरमा आगजानी समेत गरेका छन् ।
“हतियारधारी आक्रमणकारीहरुले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरु नौ जनालाई डाङ्कर गाउँमा हत्या गरेका छन्,” कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भने ।

मृत्यु भएका मध्ये अधिकांश वृद्धवृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीहरुले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा वृद्धवृद्धा र बालबालिका धेरै भएको जनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार