देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नाईलाई एक महाधिवेशन प्रतिनिधि र जिल्ला समिति – सभापति थापा

0

भक्तपुर – नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आगामी अधिवेशनदेखि भक्तपुर कांग्रेसमा श्रमिक प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल नाई संघ ,भक्तपुर जिल्ला समितिको पाँचौ अधिवेशनको उद्घाटन गर्दै यस्तो विचार राखेका हुन् ।

कार्यक्रममा उपस्थित श्रमिक नेताहरूले पार्टीले श्रमिकलाई बिर्सिदै गएको धारणा राखेपछि सभापति थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिकहरुको महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै आगामी अधिवेशनदेखि भक्तपुरबाट एक महाधिवेशन प्रतिनिधि र एक जिल्ला कार्यसमितिमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले नाई लगायत अनौपचारिक क्षेत्रका श्रमिकहरुले कुनै आस बिना लोकतान्त्रिक आन्दोलनमा जिउँ ज्यान आहुती गरेपनी राज्य बेखबर बनेको आरोप लगाए ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य ध्रुवचन्द्र गौतमले नाई क्षेत्रमा कार्यरत श्रमिकको समस्या समाधान गर्न नाईहरु एक हुन जरुरी रहेको बताए ।

केन्द्रीय सदस्य बलदेव तामाङले नाई क्षेत्रमा कार्यरत श्रमिकको जिवनयापन सहज बनाउने एक मात्र उपाय योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्ने भएकोले ट्रेड युनियन कांग्रेस यसमा लागिरहेको बताए ।

नेपाल नाई संघका केन्द्रीय अध्यक्ष राजाराम ठाकुरले नाईहरुको हकअधिकार सुनिश्चित गर्न सबै नाई एक हुनुपर्ने विचार राखे । ठाकुरले आफू विगत तीन दशकदेखि हरेक लोकतान्त्रिक आन्दोलन र श्रमिक हक अधिकारकालागी लड्दै आएकोले पार्टीले आउदै गरेको निर्वाचनमा नाईहरुलाई समेट्नु पर्ने माग राखे ।

पाँचौ जिल्ला अधिवेशनले विनोद ठाकुरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार