देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नाउपाकी सांसद गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

0

काठमाडौं – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरिएको कारबाहीमा अन्तरिम आदेश जारी गरेको छ। 

आइतबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो।

पार्टीको निर्णयविरुद्ध लागेको भन्दै गिरीलाई सांसदबाट फिर्ता बोलाउने निर्णय गरी नाउपाले पठाएको पत्रका आधारमा सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीले प्रदेशसभा सदस्य नरहेको पत्रसमेत प्रकाशित गरिसकेका छन्। त्यसविरुद्ध गिरीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेशमार्फत निर्णय कार्यान्वयन नगर्न भनेको हो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार