देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नागरिकता विधेयकविरुद्धको प्रदर्शनमा भारतमा ६ जनाको मृत्यु

0
<p>तस्बिर : बीबीसी हिन्दीबाट</p>

तस्बिर : बीबीसी हिन्दीबाट

दिल्ली – भारतमा हालै पारित भएको विवादास्पद नागरिकता संशोधन विधेयकविरुद्ध भएको प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको अधिकारीहरूलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको संघीय संसदले गत बुधबार नागरिकतासम्बन्धी विधेयक पारित गरेको थियो ।

विधेयकमा ३१ डिसेम्बर २०१४ भन्दा अगाडि पाकिस्तान, अफगानिस्तान तथा बंगलादेशबाट भारतमा आएर बसोबास गर्ने हिन्दु, ईसाइ, बौद्ध, जैन, शिख तथा फारसीलाई भारतको नागरिकता दिने व्यवस्था छ ।

विधेयक पारित भएदेखि नै भारतको उत्तरपूर्वी क्षेत्रमा लगातार प्रदर्शन भइरहेको छ । आसाम, मिजोरम, नागाल्याण्डलगायतमा विशेषाधिकारसहित नागरिकताको व्यवस्था भएकाले ती क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएको छ ।

प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले कतिपक्ष क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिदिएका छन् भने कतिपय क्षेत्रमा कफ्र्यु लगाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार