देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध परेको रिटमा आज सुनवाइ हुँदै

0

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गरेको नागरिकता विधेयकमाथि परेको मुद्दाको रिटमा आइतबार (आज) सुनवाइ हुँदैछ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी गत शुक्रवार दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलबाट प्रमाणीकरण गरेका विधेयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ।

अघिल्लो संसदले बहुमतले पारित गरेको उक्त विधेयक प्रधानमन्त्री दाहालले भारत जाने दिनमा राष्ट्रपति पौडेलले प्रमाणित गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार