देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर र कैलाश मन्त्री बन्दै, आजै शपथ हुने

0

धनगढी – सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् ।

नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् ।

पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुन लागेको हो ।

नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको मंगलबार साँझ ४ बजेट शपथ ग्रहण हुने जानकारी दिए ।

यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि रिक्त रहेको छ । गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय रिक्त रहेको हो ।

सो रिक्त मन्त्रालयमा पनि आजै नाम टुङ्गाएर शपथ ग्रहण गराउने मुख्यमन्त्री कमल बहादुर शाहको तयारी छ । नेपाली काँग्रेसका तर्फबाट बैतडीबाट सांसद भएका शिवराज भट्टको नाम चर्चामा रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार