देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नाम र राजधानी पाएको खुशियालीमा मधेश प्रदेशमा सार्वजनिक बिदा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।

मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ छ ।

प्रदेश सभामा सोमबारै भएको मतदानले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर तोकिएको छ । नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुधरामको पक्षमा ७८ जना सांसदले मतदान गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार