देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नारायणको ‘छाडी गयौ’मा रंजित र गीता  ( भिडियो )

0

काठमाडौँ – अमेरिकाको ओहायो राज्य निवासी गीतकार नारायण रसाइलीको शब्दमा रहेको तेस्रो गीत ‘छाडी गयौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा नेपाली चलचित्रमा  पार्श्व गायन मार्फत दर्शक स्रोताको मन जितेका  गायक केतन क्षेत्रीको स्वरमा रहेको छ भने सुभाष भुषालले यस गीतलाई संगीतवद्द  गरेका हुन्।  गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रंजित पौडेल र गीता ढुंगाना फिचर्ड छन्।  बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। रेशम बुढाथोकी सहायक निर्देशक रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।

तारा लोहनी रसाइली निर्मात्री रहेको म्युजिक भिडियोलाई भवी लाल गोल्ड हाउसको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।  यसअघि गीतकार रसाइलीले ुमनमा भाको तिमीु, ुज्यान दिन राजी भाको छुु बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार