देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नारायणी अस्पतालमा उपचाररत बाराका कोरोना संक्रमितको मृत्यु

0
<p>नारायणी अस्पताल</p>

नारायणी अस्पताल

पर्सा – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइसीयूमा राखेर उपचार भईरहेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना निवासी ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनलाई सोमबार बिहान भर्ना भएकी उनको उपचारको क्रममा सोही दिन साँझ ७ः१५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । मधुमेह र उच्च रक्तचापले समेत पीडित महिलाको अस्पताल भर्ना भएको ८ घण्टामै मृत्यु भएको चौरसियाले बताए ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार