देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा निर्वाचित

0

काठमाडौं – मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् ।

उनले ४७ मतले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराउदै १५८ मत ल्याएर बिजयी भएका हुन् । प्रतिद्वन्दी स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका छन् ।

कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । यसअघि गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेका छन् ।

नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार