देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने ३ जना पक्राउ

0

काठमाडौं – तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि दुर्व्यहारमा गर्ने र भिडिओ अपलोड गर्ने तीनै जना भक्तपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-१ बस्ने १९ वर्षीय सफिल खत्री, सोही नगरपालिका-५ तौमडी बस्ने १६ वर्षीय किशोर र १७ वर्षीय किशोर रहेका छन् ।

श्रेष्ठलाई उनीहरुले लैंगिक भेदभावपूर्ण शब्दहरु प्रयोग गरी अनावश्यक हैरानी गरी भिडियो समेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको सम्बन्धमा विभिन्न सामाजिक सञ्जालबाट जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

खत्रीले स्कुटर चलाएको र स्कुटरमा सवार १६ वर्षीय किशोरले भिडियो खिचेपश्चात १७ वर्षीय किशोरले उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार