देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निगमको क्वालालम्पुर उडान स्थगित

0

(काठमाडौं) – नेपाल वायुसेवा निगमले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको छ । मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशी नागरिकलाई रोक लगाएपछि निगमले मंगलबारदेखि क्वालालम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको हो ।

क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्चबाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मार्च १७ तारिख र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने छ । मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यात्रु अभाव हुँदै गएपछि निगमले दिल्ली, बैङ्लोर, मुम्बई, बैंकक र हङकङका हुँदै आएका नियमित उडानमा केही संख्या कटौती गर्दै उडान गरिरहेको छ । यी स्थान बाहेक निगमले जापानको नारिता र दुबईमा उडान जारी नै राखेको छ । यसैबीच निजी लगानीको हिमालय एयरलाइन्सले पनि आगामी मार्च ३१ सम्म क्वालालम्पुर गन्तब्यको उडान स्थगित गरेको जानकारी गराएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार