देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निगमको नारिता र दुबईको नियमित उडान स्थगित

0

(काठमाडौं) – नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुबईमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

निगमले बिहीबार विज्ञप्ति जारी गर्दै चैत ७ मध्यरातदेखि लागू हुनेगरी जापानको नारिता र यूएईको दुबईमा गर्दै आएको नियमित उडान स्थगित गरिएको जनाएको हो ।

‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बुधबारको बैठकले गरेको निर्णय अनुसार नारिता र दुबईको नियमित उडान चैत्र ३० गतेसम्मका लागि स्थगित गरिएको’ निगमले जनाएको छ ।

चैत ७ गते र सो भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने निगमले जनाएको छ । यसका अतिरिक्त नियमित उडान चालुरहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइने जनाउादै यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने निगमले जनाएको छ ।

यसैबीच हिमालय एयरलायन्सले पनि बिहीबारदेखि लागू हुनेगरी काठमाडौं–ढाका–काठमाडौं उडान अर्को सूचना नआएसम्मका लागि स्थगन गरेको जनाएको छ । यस्तै, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै निजी वायुसेवा कम्पनीहरुले आन्तरिक उडान तर्फको भाडादर घटाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएसँगै इन्धनको मूल्य घट्दा हवाई इन्धनको मूल्य पनि घटेको हो । सबैभन्दा बढी धनगढीको भाडादरमा २०० रुपैयाँ घटेको छ भने सबैभन्दा कम जोमसोमको भाडादरमा ३५ रुपैयाँ घटेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार