देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनु’ – सर्वोच्च

0

काठमाडौं – सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्ने आदेश दिएको छ।

न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू  बदर गर्ने आदेश दिएको हो।

सर्वोच्चले वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थल आवश्यक भए अन्यत्र ठाउँ खोजेर बनाउन पनि आदेश दिएको छ।

विमानस्थल बनाउन धेरै रुख काट्नुपर्ने भएपछि त्यसमा आपत्ति जनाउँदै अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले रिट सर्वोच्चमा दायर गरेका थिए। रिटमा अधिवक्ताद्वयले वातावरणीय संकट आउने भन्दै रुख कटान गर्न नहुने बताउँदै रिट दिएका थिए।

विमानस्थल बनाउनकालागी २४ लाख रुख कटान गर्नुपर्ने अध्ययनले देखाएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार