देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निजामती कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, कसको कति [सूचीसहित]

0

काठमाडौं – नेपाल सरकारले निजामती कर्मचारीहरूको तलब वृद्धि गरेको छ। आइतबारदेखि बढेको तलब आगामी आवको सुरु अर्थात साउन १ गतेदेखि लागू हुनेछ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आथिक वर्ष ०७९र८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन्।

नयाँ तलबमान अनुसार मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ।

सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नासुको ३४ हजार ७३० र खरदारको ३२ हजार ९ सय २ पुगेको छ।

बढेको तलब सुचि यसप्रकार छ –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार