देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निजी, सार्वजनिक र मालवाहक सवारीका लागि छुट्टाछुट्टै लेन

0

(काठमाडौं) – सवारी चाप न्यूनिकरणका लागि आगामी बुधबारबाट सूर्यविनायक-जडीबुटी सडकखण्डमा निजी र सार्वजनिक तथा मालवाहक सवारी साधनको छुट्टाछुट्टै लेन हुने भएको छ । गाडीको आवागमनलाई सहज बनाउन र गाडी दुर्घटना कम गर्न पर्सि बुधबारदेखि छुट्टाछुट्टै लेनमा गाडी चलाउन लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सूर्यविनायक-जडीबुटी सडक खण्डमा यात्रुवाहक, माहवाहक र कम गतिमा गुड्ने सवारीसाधन बायाँ लेनबाट र निजीको लागि दायाँ लेन मात्र चलाउन पाइने नियम लागू गर्न लागिएको हो । उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्न यस्तो निर्णय भएको हो ।

प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सूर्यविनायक जडीबुटी सडक खण्डको अनुगमन गरी तत्काल उक्त सडकखण्डको ट्राफिक व्यवस्थापनमा सुधार गर्न निजी तथा सार्वजनिक सवारी साधनलाई छुट्टाछुटै लेन बनाउन सुझाव दिएको थियो ।

समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक विभाग, यातायातसँग समन्वय गरी तोकिएको लेन प्रयोगलाई कार्यान्वयन गरिने महाशाखाले जनाएको छ ।  साथै लेन कार्यान्वय गराउन पूर्व प्रहरी निरीक्षक सिताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक विभाग भक्तपुरका प्रतिनिधि सम्मिलित ६ सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार