देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नियन्त्रित लागूऔषध र कौडा सहित सुनसरीबाट ३ पक्राउ

0

(सुनसरी) –  नियन्त्रित लागूऔषध र कौडा सहित ३ जनालाई सुनसरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–१ लौकही बस्नेहरु २२ वर्षीय सोशिल साह, ३० वर्षीय अमन कुमार साह र १९ वर्षीय गणेश कुमार साह रहेका छन् ।

कोशी गाउँपालिका–१ बाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाईलेक्स डीसी ४७ बोतल, नाईट्रोसन ९० ट्याव्लेट, स्पास्मो प्रोक्सिभन २३ क्याप्सुल, कौडा २१ थान र प्लाष्टिकको खेलौनावाला पेस्तोल १ थान सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लकडाउनको निगरानीमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई शंकास्पद अवस्थामा देखेपछि सुरक्षा जाँच गर्न लाग्दा भाग्न खोजेपछि नियन्त्रणमा लिएको थियो ।

उनीहरुको तलासी गर्दा उक्त नियन्त्रित लागूऔषध र अमनकुमारको साथमा उक्त प्लाष्टिकको खेलौनावाला पेस्तोल १ थान फेला परेको प्रहरीले जनाएको छ ।

निजहरु उपर लागूऔषध मुद्दामा अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार