देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

0

काठमाडौं – नियन्त्रित लागूऔषध सहित पक्राउ कपिलवस्तु र नवलपरासीबाट गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ लोहरौलाबाट बर्दिया मगरगढी गाउँपालिका-७ बस्ने ३१ वर्षीय दिनेश केसीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध १ हजार २ सय ट्याब्लेट नाइट्राभेट सहित केसीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-२ भक्सिपुरबाट नियन्त्रित लागूऔषध १ सय ८० ट्याब्लेट नाइट्राभेट, ५ एम्पुल डाइजेपाम, ६ एम्पुल लुफिन, ५ एम्पुल फेनारागन र २ वटा खाली ईन्जेक्नस सहित रामग्राम नगरपालिका-१६ अमहवा बस्ने १९ वर्षीय जितेन्द्र सहानीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार