देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नियन्त्रित लागूऔषध सहित २ पक्राउ

0

(सिरहा) – लागूऔषध सहित सिरहाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका-२ हनुमान चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट ९० पिस, स्पास्मोप्रोक्सिन ट्याबलेट ७२ पिस र १ सय एमएलको रेफलिन ६९ बोतल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिष्णुपुर गाउँपालिका-२ बस्ने २५ वर्षीय रबिन्द्र कुमार यादव र नराहा गाउँपालिका-५ बस्ने २४ वर्षीय रमेश कुमार यादव रहेका छन् ।

उक्त स्थानमा खटिएको प्रहरीले स ८ प ५६८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार