देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नियन्त्रित लागूऔषध सहित एक पक्राउ

0

(बाँके) – नियन्त्रित लागू औषध सहित बाँकेबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–२ सन्तलिया बस्ने २० वर्षीय सम्मत पाललाई नियन्त्रित लागूऔषध एक सय एमएलको कोरेक्स २४ पिस सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले डुडुवा गाउँपालिका–२ स्थित नयाँ बस्तीमा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार