देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नियन्त्रित लागूऔषध सहित सुनसरीबाट एक पक्राउ

0

(सुनसरी) – नियन्त्रित लागूऔषध सहित सुनसरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका–७ बस्ने २१ वर्षीय भोला भन्ने नरेश कुमार यादव रहेका छन् ।

देवानगन्ज गाउँपालिका–१ लब्टोलिया पाल टोलबाट नियन्त्रित लागूऔषध नुर्फिन ५ सय ८० एम्पुल, डाइजेल्याब ५ सय ६० एम्पुल र फेनारागन ५ सय ६० एम्पुल सहित यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय हरिनगरा सुनसरीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा उनलाई सोधपुछ गर्न खोज्दा भाग्न खोजेपछि नियन्त्रणमा लिई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यादव उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार