देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नियम विपरीत कार्य गर्ने कपिलवस्तुका दुई पेट्रोल पम्पमा सिल

0

रुपन्देही – अनुगमनका क्रममा नियम विपरीत कार्य गरेको भेटिएपछि कपिलवस्तुका दुई वटा पेट्रोल पम्पलाई नेपाल आयल निगमले सिल गरेको छ । तौलिहवास्थित चिन्नीलाल कान्दु पेट्रोल पम्प र डंगरीस्थित आदि शक्ति माता आयल सप्लायर्स बिहीबार सिल गरिएको हो ।

अनुगमनका क्रममा चिन्नीलालले डिजेल बिक्रीको अनुमति लिएर पेट्रोल पनि बिक्री गरेको पाइएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक डिपो भलबारी रुपन्देहीका सूचना अधिकारी रमेश ज्ञवालीले बताए ।

एक पेट्रोल पम्पले अर्को पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने नियम विपरीत आदिशक्तिले चिन्नीलाललाई बिक्री गरेको भेटिएको उनले बताए ।

दुबै पम्पले नियम विपरीत कार्य गरेको पाइएकाले दुवै पेट्रा्ेल पम्पलाई पेट्रोलियम पदार्थ बिक्री नियमावली २०७५को दफा २९ अनुसार इन्धन बिक्री गर्न नपाउने गरी सिल गरिएको निगमले जनाएको छ ।

अनुगमनका क्रममा आदिशक्तिले ४ हजार ५ सय ९ लिटर पेट्रोल चिन्नीलाललाई बिक्री गरेको प्रमाण फेला परेपछि कारबाही गरिएको ज्ञवालीले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार