देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्मला कुर्मी बेपत्ता प्रकरण, सरकार र अनशनकारीबिच ३ बुँदे सहमति

0

काठमाडौं – निर्मला कुर्मीको लागि न्याय मागिरहेकी अनशनरत रुबी खानसहित महिला अधिकारकर्मी र सरकारबीच ३ बुदे सहमति भएको छ।

सहमतिसँगै ४८ दिनदेखि माइतीघर मण्डलामा अनशन बसेका महिलाहरुले अनशनका सबै कार्यक्रम स्थगित गरेका छन्।

मंगलबार गृह सचिवसहितको टोली गई आन्दोलनरत पक्ष बिच तिन बुदे सहमति भएको हो। आन्दोलनरत महिलाहरुले मंगलबार बिहान प्रधानमन्त्री समक्ष ध्यानआकर्षपत्र बुझाएका थिए।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल सँगको छलफलपछि सहमति भएको रुबी खानले बताएकी छन्। प्रधानमन्त्रीले अब भएको सहमति कार्यान्वयन गर्ने वाचा गरेपछि आफूहरू सहमत भएको उनले बताइन्।

उनीहरूबीच घटनाको अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने, ४८ दिनदेखिको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षको सुरक्षाका लागि सुरक्षा निकायले समन्वय गर्ने सहमति भएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार