देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचनको दिन सार्वजनिक बिदा दिन माग

0

काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिन नेपाल सरकारसँग अनुरोध गर्ने भएको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते अर्थात् शुक्रबारका दिन नेपालभर सार्वननिक बिदा दिन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गरिएको बताए।

आयोगले निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ देखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने हुँदा ।

यस दिन मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गरिएको उनले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार