देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

0

काठमाडाैं – निर्वाचन आयोगले राष्ट्रिय सभा लगायत चुनावका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ। आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने सत्र दलका प्रतिनिधिहरूलाई निम्त्याइएको छ।

‘राष्ट्रिय सभा चुनाव आउँदैछ। स्थानीय तहको चुनावको पनि तयारी भइरहेको छ। मतदाता नामवली संकलनको विशेष कार्यक्रम सकिएको छ। यिनै विषयमा छलफल गर्न बैठक डाकिएको हो,’ प्रवक्ता शर्मा पौडेलले भने।

माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ। आयोगले आगामी वैशाखमा हुने स्थानीय तह चुनावको पनि तयारी सुरू गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार