देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘निर्वाचन आयोगले सत्ता गठबन्धनसँग सेटिङ गर्यो’ – ओली

0

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग सेटिङ गरेको आरोप लगाएका छन्। पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै निर्वाचन आयोगको सत्तासँगको साँठगाँठप्रति ओलीले आपत्ति जनाएका हुन्।

‘निर्वाचन आयोग त स्वतन्त्र हुनुपर्ने हो। कुनै पनि निर्णय गर्दा सबै दलहरुसँग परामर्श लिनुपर्ने हो। तर परामर्श बिनै मतपत्रको रंग परिवर्तन गर्नु पक्कै पनि सेटिङयुक्त साँठगाँठ भएको बुझ्नुपर्छ,’ बैठकमा सम्बोधन गर्दै उनले भने।

निर्वाचन आयोगले विगतमा पनि एमाले पार्टीलाई दुःख दिएको आरोप लगाउँदै ओलीले भने ‘निर्वाचन आयोगबाट विगतदेखि नै हामी पीडित छौं। जसो गरे पनि निर्वाचन आयोगले हाम्रो विपक्षमा फैसला गरिदिने विगतदेखिको चाल हो। राष्ट्रिय सभा निर्वाचनमा पनि हामीले त्यो कुरा भोगेका छौं,’। ‘चुनाव हुनुअघि नै निर्वाचन आयोगका कर्मचारीहरुले यो व्यवहार गरिरहेका छन्। निर्वाचनका बेला झन् के हुने हो भन्न सकिन्न,’ उनले भने।

मनोनयन दर्ताका लागि दुई दिन समय छुट्याएको भन्दै निर्वाचन आयोगप्रति आक्रामक बनेका ओलीले भने ‘मनोनय दर्ता गर्न दुई दिन दिने चलन कहिले पनि थिएन। हवाई यातायात, हेलिकोप्टर, आइटी सुविधा अभाव भएका बेला पनि एकै दिन मनोनयन गर्ने चलन थियो। सत्ता घठबन्धनका लागि दुई दिन गरेछन्।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार