देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचन आयोगले हप्तामा दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने

0

काठमाडौँ– निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले प्रत्यक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जानकारी गराएको हो ।

यसअघी फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरि हप्तामा दुईदिन पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै अब प्रत्यक सोमबार र बिहिबार अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले हप्तामा दुई दिन आयोगका प्रवत्ता तथा सहायक प्रवताले पत्रकार सम्मेलन गर्नेछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार