देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचन आयोगविरुद्ध सर्वोच्च पुगे उपेन्द्र यादव

0

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।  

आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै यादवले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिट निवेदनमा नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरिएको छ।

सर्वोच्चले पेशी तारेखका लागि जेठ २ गते अदालतमा हाजिर हुन भनेको छ। उनी अमेरिका रहँदा जसपाका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदलाई लिएर नयाँ दल (जनता समाजवादी) पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्। 

निर्वाचन आयोगले गत सोमबार नयाँ दललाई मान्यता दिएको हो। जसपाका वरिष्ठ नेता अशोक राईले १२ सांसदमध्ये ७ जना सांसदलाई लिएर अर्को पार्टी दर्ता गरेपछी यादवको पार्टीमा ५ जना मात्रै बाँकी रहेका छन्। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार