देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल हुँदै

0

काठमाडौं – निर्वाचन आयोगले बोलाएको सर्वदलिय बैठक शुक्रबार बिहान साढे ११ बजे बस्ने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बजेट बक्तब्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुलाई छलफलमा बोलाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको छ । उनका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग बिभिन्न बिषयमा छलफल हुनेछ ।

आज निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलका लेखापरीक्षणको सम्बन्धलगायतमा  छलफल हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार