देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचन पर्यवेक्षकको पनि पर्यवेक्षण गर्ने आयोगको तयारी

0

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनमा परिचालन हुने पर्यवेक्षकको पनि पर्यवेक्षण गर्ने भएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको उपनिर्वाचन पर्यवेक्षण प्रतिवेदन समीक्षामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचनमा पर्यवेक्षणमा खटिने व्यक्ति र संस्थाको पनि पर्यवेक्षण गरिने जानकारी दिए ।

“पर्यवेक्षण गर्न आयोगबाट अधिकार पाएको व्यक्ति वा संस्थाका निम्ति पर्यवेक्षण भनेको उसको अधिकार नभई कर्तव्य, दायित्व र जिम्मेवारी हो, ” थपलियाले भने, “पर्यवेक्षकले देखेर तयार गरेको प्रतिवेदन, सिकाइ, निष्कर्ष र अनुभव समाचार बिकाउनका निम्ति होइन, निर्वाचनलाई व्यवस्थित गर्न लक्षित हुनुपर्दछ ।”

निर्वाचनमा पर्यवेक्षण गर्ने सबै संस्थाका एक–एक जना प्रतिनिधिसहितको आयोगको टोलीले पर्यवेक्षणको पनि पर्यवेक्षण गर्न समिति बनाइने उनले जानकारी दिए । निर्वाचनको पर्यवेक्षणमा खटिने कतिपय व्यक्तिबाट मतदान केन्द्र र मतदान स्थलमा आचार संहिताविपरीत कार्य गरेको गुनासा आएपछि आयोगले यस्तो निर्णय गरेको हो ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले संविधानमा उल्लेख भएका अधिकारको प्रयोग गर्ने अधिकार आयोगलाई दिइनुपर्ने माग गर्दै विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा निर्वाचन शिक्षा समावेश गर्न सुझाव दिए ।

रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार