देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाउन निर्देशन

0

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेका कार्य सम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले भर्चुअल विधिबाट भएको उक्त कार्यक्रममा भने, “अहिलेको अवस्थामा अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

आईजीपी थापाले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशन सहित सङ्गठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामूहिक प्रयास र कटिबद्धता आवश्यक रहेको बताए ।

आईजीपी थापाले नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पूर्ण सफल बनाउन तोकिएको जिम्मेवारी मनन गरी गम्भीरता पूर्वक लाग्न प्रदेश प्रहरी प्रमुखसँग आग्रह गरे ।

प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशन सहित संगठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामुहिक प्रयास र कटिवद्धता आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले प्रदेशको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन लगायत कार्य प्रगति बारे भर्चुअल माध्यामबाट जानकारी गराएका थिए ।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले नेपाल प्रहरीको कार्ययोजना, २०७७, कार्य सम्पादन सम्झौता र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना, २०७७ को अर्ध वार्षिक कार्य प्रगतिको समीक्षा गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार